अपडेट 
२०७७ जेष्ठ १६, शुक्रबार १२:०५

जनकपुरधाम। प्रदेश २ प्रदेश सभाको चौथो अधिवेसन शुरु भएपछि सांसद तथा कर्मचारीको कोरोना परीक्षण शुरु गरिएको छ ।

पहिलो दिन उप सभामुख उपमा कुमारी देवसहित केहि सांसदको स्वाब संकलन गरिएको छ । सभामुख सरोज कुमार यादवका अनुसार बिहीबारदेखि शुरु भएको स्वाब संकलन तीन दिनसम्म गरिनेछ ।

प्रदेशसभाको चौथो अधिवेसन आगामी जेठ २१ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेसन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन शुरु गरिएको सभामुख यादवले बताए ।

उनका अनुसार प्रदेशका १ सय ७ जना सांसद, प्रदेश सभा सचिवालयमा खटिएका ७२ जना प्रहरी र ६० जना कर्मचारीको कोरोना परीक्षण हुनेछ ।

Comment


Related News

Latest News

Trending News