अपडेट 
२०७७ जेष्ठ १७, शनिबार १०:४६

मनोज मोरबैता
जनकपुरधाम ।
कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ ।

लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । ट्रकमा लोड गरिएको बिभिन्न ब्राण्डको मदिरा लुकाएर गोदाममा राख्ने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकमा अन्दाजी रु १३ लाख २० हजार बराबरको मदिरा रहेको धनुषा प्रहरीले जनाएको छ ।

उक्त ट्रकसहित मदिरा मगाउने जनकपुरधाम ४ का ३६ बर्षीय उमेश मण्डललाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाईएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News