अपडेट 
२०७७ जेष्ठ १८, आईतवार १०:४९

सप्तरी । सप्तरीमा क्वारेन्टिनमा खटिएका एक जना प्रहरीलाई कुटपिट गरिएको छ । कंचनरुप नगरपालिका १ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा प्रहरी कुटिएका हुन् ।

क्वारेन्टिनमा रहेकालाई दूरी बनाउन भने लगत्तै प्रहरी जवान कमलेश साहमाथि उनीहरुले कुटपिट गरेको इलाका प्रहरी कार्यालय, कंचनपुरले जनाएको छ ।

‘५, ६ जना टँसिएरै कुराकानी गरिरहेको देखेपछि आफूले दूरी बनाउन मात्रै भनेको थिएँ’ जवान साहले भने, “त्यत्तिकैमा आफूमाथि बाँसको भाटा लिएर उनीहरुले आक्रमण गरेका हुन् ।”

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी मकेन्द्र मिश्रले कुटपिटबाट साहको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर ल्याइएको मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News