अपडेट 
२०७७ जेष्ठ १८, आईतवार १०:५४

जनकपुरधाम ।प्रदेश सभा २ को बैठकका लागि तयारी भइरहेको बेला प्रदेश सभासदस्यहरुको स्वाब संकलनपनि जारी रहेकोछ ।प्रदेश २ का सभामुख सरोज कुमार यादवले कोरोना भाइरस(कोभीड–१९)संक्रमणको जाँच नगराए सम्म प्रदेश सभा भवनमा प्रवेशमा रोक लगाइएको बताए ।

प्रदेश सभामा १ सय ७ जना सदस्य छन् ।सभामुख यादवको शनिवार स्वाब लिइएकोछ ।प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार शनिवार सम्म ३ सय ४६ जनाको स्वाब संकलन भइसकेको छ ।तर सबैको रिर्पोट आउन बाँकी रहेको उनले बताए ।

‘जनकपुरधाममा नरहेका प्रदेश सभासदस्यहरुले अन्यत्र पीसीआर टेस्ट गराएपनि हुन्छ’ सभामुख यादवले भने, तर टेस्ट गराएको रिर्पोट अनिवार्य रुपमा सचिवालयमा उपलब्ध गराउनु पर्छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको ‘ट्रायल टेस्ट’मा पोजिटिव नदेखिएको स्रोतले जनाए ।पुनः परीक्षणका लागि स्वाबहरु काठमाण्डुको टेकु स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकाले त्यहाँबाट आउने रिर्पोट मात्र प्रदेश सभासचिवालयमा पठाइने स्रोतले जनाए ।

प्रदेश सभाको बैठक जेठ २१ गते बुधवार १ बजे डाकिएको छ ।प्रदेश सभाकक्षमा समाजिक दुरी कायमगर्दै कुर्सीहरु मिलाइसकिएको छ ।बैठक कक्षमा सभासदहरु बाहेक दर्शक र सञ्चारकर्मीहरुले प्रवेश पाउने छैन् ।सञ्चारकर्मीहरुका लागि केन्टिन अथवा अन्य उपयुक्त स्थानमा स्क्रीन मार्फत प्रत्यक्ष जानकारी उपलब्ध गराइनेछ ।सभाहलमा स्थान अभाव भएकाले त्यस्तो व्यवस्था गरिएको सभामुख यादवले बताए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेकोछ ।संभवत ःजेठ २५ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुतगर्ने बताइएको छ ।बजेट जेठ १ गते प्रस्तुत हुनेछ ।

देशमा अहिले कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक बढन थालेकोछ ।पछिल्लो ५ दिनमा संक्रमितको संख्या झण्डै दोब्बर पुगेकोछ ।स्वाथ्य मन्त्रालयका अनुसार गत मंगलवार देशमा कोरोना भाइरस संक्रमितको संख्या ९० थपिदा कुल ७ सय ५२ पुगेको थियो ।तर बुधवार सो संख्यामा १ सय १४ थपिदा कुल संख्या ८ सय ८६ पुग्यो ।

त्यसैगरि विहिवार एकै दिन नयाँ संक्रमितको संख्या १ सय ५६ थपिदा संक्रमितको कुल संख्या १ हजार ४२ पुगेको थियो ।शुक्रवार नयाँ संक्रमितको संख्या १ सय ७० जना थपिएको थियो ।त्यो थपिएको संख्यासँगै देशमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको थियो ।

तर शनिवार कोरोना भाइरस संक्रमितको संख्या १ सय ८९ थपिएपछि देशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या सर्वाधिक रहेकोका स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News