अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार १०:३४

सिरहा । सिरहा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दामा फरार रहेका एक यु्वकलाई पक्राउ गरेको छ । गाउँमा बादविवाद गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

मिर्चेया नगरपालिका ३ बस्ने २० बर्षीय दिपा भनिने दिपनारायण यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले बताए ।

यादवले २०७४ साल बैशाख १० गते गाउँकै ४७ बर्षीय राजेन्द्र यादवलाई लाठी, भाला, फर्साले ज्यान मार्ने नियतले प्रहार गरेको प्रहरीको भनाई छ ।

यादव गाउँ घरमा बादविबाद गरी शान्ति सुरक्षामा खलल पुर्याई रहेको अबस्थामा सोमबार ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएपछि उनी कर्तव्य ज्यान उद्योग मुद्दामा फरा व्यक्ति रहेको खुलेको प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News