अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार १०:४२

जनकपुरधाम। धनुषाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले भोकका कारण सीमामै ज्यान गुमाएका शहीद नगरपालिकाका बिरेन्द्र गुरमैता यादवलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद अरगरियाले यादवलाई शहीद घोषणा गर्न माग गरे । उनले राज्यको लापर्वाहीका कारण उनको ज्यान गएको बताए ।

मृतकलाई शहीद घोषणा गर्दै उनको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन समेत माग गरे । ‘राज्यकै कारण बीरेन्द्रको मृत्यु भएको छ’ उनले भने, “त्यसैले शहीद घोषणा गर्दै क्षतिपूर्ती उपलब्ध गराउन म माग गर्दछु ।”

Comment


Related News

Latest News

Trending News