२०७७ जेष्ठ २०, मंगलवार ११:१३

सिरहा । सिरहाको मिर्चेया नगरपालिका १२ सिक्रोन स्थित एक पोखरीमा पालिएको माछालाई बिष हालेर मारिएको छ ।

माछा मर्दा १० लाख रुपैयाँको घाटा लागेको माछा पालक कृषकले बताएका छन् ।

मिर्चेया १ २ सिक्रोंन स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, सोनेलाल सहनी र नागे सहनीले माछा पालन गरेका थिए । पोखरीमा झण्डै ५ क्वीन्टल माछा उत्पादन भएर निकालिने तयारी गरिरहेकै अवस्थामा अज्ञात व्यक्तिले बिष हालिदिएको उनीहरुले बताएका छन् ।

‘५ क्वीन्टल जति माछा उत्पादन भइसकेपछि एक साताअघि मात्रै ६० हजार रुपैयाँको भुर्रा खरीद गरेर हालेका थियौं’ माछा पालक नागेले भने, “तर सबै लगानी बर्बाद भयो ।”

Comment

Related News

Latest News

Trending News