अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार १२:३८

जनकपुरधाम । सोमबार बर्षासँगै खसेको चट्याङ्ले एक महिलासहित दुई जनाको ज्यान गएको छ ।

प्रदेश २ को धनुषा र महोत्तरीमा एक÷एक जनाको चट्याङ्ले मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको मिथिला नगरपालिका ७ निवासी छिनमाया काफ्लेको चट्याङ्ले ज्यान गएको छ । ४८ बर्षीया काफ्ले घाँस ल्याउन जंगल गएको बेला चट्याङ्को शिकार भएको प्रहरीले जनाएको छ ।

यस्तै, महोत्तरीको महोत्तरी गाउँपालिका १ निवासी इन्दल यादवको पनि चट्याङ् लागेर ज्यान गएको छ । ५५ बर्षीय यादव भैंसी चराउन गएको बेला उनीमाथि चट्याङ् खस्दा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News