अपडेट 
२०७७ जेष्ठ २०, मंगलवार १७:०१

काठमाण्डू । कोभिड –१९को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिनुभयो ।

आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो ।यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो ।

यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

Comment


Related News

Latest News

Trending News