अपडेट 
२०७७ जेष्ठ २१, बुधबार ०७:२६

सर्लाही । सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ मा कार्यालय राखेको बताएकी थिइन् ।

आफ्नो कार्यालयमा मलेसिया सरकारको आर्थिक सहयोग प्राप्त रहेकाले गरीब, विपन्नलाई ६ हजार सेट पर्ने ग्यास चुल्हा र सिलिण्डर ३५ सयमै उपलब्ध गराउने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

कुसवाहा सर्लाहीको बिभिन्न ठाउँका सर्वसाधारण, सोझासाझा गरीब, विपन्न परिवारसँग रकम लिएर ग्यास चुल्हा र सिलिण्डर नदिई फरार भएकी थिइन् । उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रबक्ता कुँवरले बताए ।

Comment


Related News

Latest News

Trending News