अपडेट 
२०७७ जेष्ठ २१, बुधबार ११:४०

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाको चौथो अधिवेशन बुधवारबाट प्रारम्भ हुँदैछ ।बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको प्रदेश सभा सचिवालयले जनाएकोछ ।

तेस्रो अधिवेशनको अन्तिम बैठक चैत ६ गते बसेको थियो ।त्यसपछि बैठक नबस्दै प्रदेश प्रमुखले अधिवेशन समाप्तीको घोषणागरि चौथो अधिवेशन आव्हान गरेका थिए ।

प्रदेश सभाको बैठकमा सहभागि हुन प्रदेश सभासदस्यहरुले कोरोनो टेस्टको रिर्पोट अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।टेस्टको रिर्पोट पेस गर्न नसक्ने सभासदहरु प्रदेश सभा बैठकमा सहभागि हुन पाउने छैनन् ।

प्रदेश सभा भवन भित्रको काठका कुर्सीहरु हटाइएको छ ।समाजिक दुरी पालना हुनेगरि प्लाष्टिकको कुर्सीहरु लगाइएकोछ ।संसद सचिवालयका कर्मचारी बाहेक अन्य कर्मचारी, सञ्चारकर्मीहरु, दर्शकले बाहिर नै बैठकको गतिबिधि टीभीमा हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु सभामुखले वाचन गर्नेछन् ।त्यसपछि प्रदेश सभामा सबै दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसुची रहेको सचिव यादवले जनाए ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बैठकमा प्रि बजेट सभासदहरुलाई उपलब्ध गराउने छन् ।विहिवार प्रि बजेटमाथि छलफल गरिने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा वाचन गर्ने छन् ।सरकारले नीति तथा कार्यक्रमको महत्वपूर्ण पक्षहरुबारे हाल सम्म सार्वजनिक गरेको छैन् ।तर कोरोना भाइरस रोकथाम सरकारको प्रमुख कार्यक्रम हुने बताइएकोछ ।

प्रदेश सरकारले ‘कोरोनाको महामारी, कसरी जोगाउने रोजगारी’लाई उपेक्षा गरेको बताइन्छ ।भारतबाट प्रदेश २ का मानिसहरु धमाधम फर्किरहेका छन् ।तेस्रो मुलुकबाटपनि नेपालीहरुलाई ल्याउन संघीय सरकारले तयारी सुरु गरिसकेको छ ।तर उनीहरुलाई प्रदेश सरकारले कसरी रोजगारीमा लगाउने त्यो नीति सार्वजनिक गरेको छैन् ।

Comment


Related News

Latest News

Trending News