अपडेट 
२०७७ जेष्ठ २२, बिहीबार ०८:१६

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा बैठकको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । अधिवेशनको पहिलो बैठकलाई सम्बोधनगर्दै सत्ता पक्षले आफू काम गरिरहेको बताएका छन् ।तर विपक्षी दलका नेताहरुले सरकार अहिले पनि आफ्नै तालमा हिंडिरहेको आरोप लगाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलले कोरोना महामारीको समयमा सरकारले गरिरहेको गतिविधीबारे आफूसहित सांसदलार्ई जानकारी नभएको बताए ।

‘कोरोना महामारीको समयमापनि आफूहरुसँग कुनै किसिमको सरसल्लाह सरकारले गरेको छेैन्’ उनले भने, नीति तथा कार्यक्रम एवं बजेट ल्याउने तयारी गरिएपनि कुनै किसिमको छलफल भएको छैन् ।

लकडाउनको समयमा विपन्नलाई मनमानी तरिकाले बितरण गरिएको उनले आरोप लगाए । ‘कुनै वडामा ६० जनाका लागि त कुनै वडामा ६५ जनाका लागि राहत पठाइएको छ’ उनले भने, त्यहीं कारण धेरै वडाले राहत लिएको छैन ।’नेता मण्डलले यो महामारीको समयमा पनि सरकारलाई गल्ती सच्याएर एकढिक्का भई अघि बढ्न आग्रह गरे ।

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार काम न काजको भएको टिप्पणी गरे । कोरोना संक्रमित बढ्दै जाँदा सरकार के गरिरहेका छन् ? भनी प्रश्न गर्दै उनले सरकार मात्र बहाना बनाउन सिकेको बताए ।

बैठकलाई सम्बोधनगर्दै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीबिरुद्व लड्न प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको दावी गरे ।

प्रदेशमा भिटिएम र किटको अभावको कारण धेरै व्यक्तिको परीक्षण अहिलेसम्मगर्न नसकिएको स्वीकार्दैै उनले भने, संघीय सरकारले कुनै किसिमको सहयोग गरेकोछैन् ।

प्रदेशमा निर्माण गरिएको क्‍वारेन्टाइन धेरै नै अव्यवस्थित रहेको बताउँदै अव्यवस्थाकै कारणपनि संक्रमितको संख्या धेरै बढिरहेको उनले बताए ।

मुख्यमन्त्री राउतले लकडाउन लम्बिदैं जाँदा रोगले भन्दा भोकले मर्ने स्थित आउन सक्ने चिन्ता व्यक्त गरे । उनले आगामी बर्षको बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले ७ वटै प्रदेशमा संघीयताको नेतृत्व यहीं प्रदेशले गरिरहेकाले यहाँको काम उदाहरणीय हुनुपर्ने बताए ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अगामी बजेटको उद्देश्य, सिद्वान्त र कारण सम्बन्धमा बनेको प्रस्ताव पेशगरे ।

मन्त्री यादवले बजेट नतिजामुखी बनाइने बताउदै कोरोना महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य सम्बन्धी मौलिक हकको परिपुर्ती नै बजेटको मुख्य अंश रहने बताए ।

जोखिम न्युनीकरणकासाथै गुणस्तरीय स्वास्थ्यका लागि भौतीक पुर्वाधार र जनशक्तीको निर्माण गरिने बजेटको उद्देश्य र सिद्वान्तहरु मन्त्री यादवले प्रस्तुत गरे । जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनपनि बजेट केन्द्रित हुने उनले उल्लेख गरे ।

सभामुखको अनुमतीमा मन्त्री यादवले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगको प्रथम प्रतिवेदन २०७६ समेत पेश गरे ।

बैठक शुरु हुनासाथ सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुख तिलक परियारले तेस्रो अधिवेसन अन्त्य र चौथो अधिवेशनको बैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । सभामुख यादवले जेठ २२ विहिवार दिउँसो ३ बजे पुनः बैठक बस्ने घोषणा गरे ।

Comment


Related News

Latest News

Trending News