अपडेट 
२०७७ जेष्ठ २२, बिहीबार १२:३०

सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित भित्री सडक खण्डमा टिपर र ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा टिपरका सह चालकको मृत्यु भएको छ ।

फुलजोरबाट बयलबासतर्फ जाँदै गरेको ना.८ख.३०९३ नम्बरको टिपर र बिपरित दिशाबाट आइरहेको ना.४त.४१२५ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । ठक्करपछि टिपर अनियन्त्रित भई पल्टिँदा चालक उदयपुरको कटारी नगरपालिका ६ बस्ने २४ बर्षीय बिष्णु बहादुर दनुवार र सह चालक सोही ठाउँका २३ बर्षीय सुजन दनुवार घाइते भएका थिए ।

घाइतेमध्ये सह चालक सुजनलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको र चालकको मध्यम त्रिदेब अस्पताल रानीगंजमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि बीरगंज पठाइएको छ ।

ट्याक्टर तथा त्यसका चालक ईश्वरपुर ६ बस्ने ४९ बर्षीय रामप्रसाद महरालाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News