अपडेट 
२०७७ जेष्ठ २२, बिहीबार १२:५८

सिरहा । सिरहामा १५ बर्षीया किशोरीसँग सामूहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर ३ गागन खोलामा ती किशोरीसँग सामूहिक बलात्कार गर्ने चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ बर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० बर्षीय अम्बर यादव र २३ बर्षीय जगरनाथ यादव तथा सुखिपुर नगरपालिका ६ बस्ने १९ बर्षीय गोलु महतो छन् ।

किशोरीले आफूसँग करणी गरी मान्छेहरु फरार भएको जानकारी गराए लगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए । उनका अनुसार घट्नाको सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News