अपडेट 
२०७७ जेष्ठ २३, शुक्रबार ०८:०८

वीरगञ्ज ।देशमा सातौ पटक थप गरिएको लकडाउनलाई संघीय सरकारले कार्यान्वयन गराउन सकेन् ।उद्योगी, व्यवसायीहरुको दवाबबाट पछाडी हटेका स्थानीय प्रशासनले लकडाउनलाई सहज बनाएकोछ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागु चैत ११ गतेदेखि जारी राखेको (कोभिड– १९) लकडाउन खुकुलो पार्ने मोडालिटी २ दिनभित्र पेश गर्न रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो हुने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको बताइएकोछ ।

विहिवार बसेको मन्त्रिपरिषद बैठकले नै लकडाउन खुकुलो बनाउने अपेक्षा गरिएको थियो ।

सातौ पटक थप गरिएको लकडाउनको व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै दवाव दिन थालेका थिए । उनीहरुले पसल खोल्न सरकारले स्वीकृती नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि जिल्लाहरुमा स्थानीय प्रशासनले पसलहरु आलोपालो खोल्न सुचना जारी गरेकोछ ।

सरकारले चैत ११ गते देखि सुरु गरेको लकडाउनलाई जेठ ३२ गते सम्म लम्बयाउने निर्णय गरेको हो ।तर उद्योगी व्यवसायीहरुले त्यसको अवज्ञा गर्न थालेका छन् ।

पर्सा जिल्लामा जोडबेजोडको अधारमा पसलहरु खोल्न दिने प्रशासनले निर्णय गरेकोछ ।बैंक तथा वितिय संस्थाहरु सबै दिन खुल्नेछन् ।

बिहान दुध, तरकारी लगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध हुनेछ ।औषधी पसल २४ घण्टा नै खुल्ला रहनेछ ।कपडा पसल, हार्डवेयर, किराना पसल लगायतलाई जोडबेजोड दिन लागु गरिएकोछ ।

बारा जिल्लामापनि स्थानीय प्रशासनले हरेक दिन पसलहरु खोल्ने प्रबन्ध मिलाएकोछ ।तर एकै प्रकारका पसलहरु भने सबै दिन खुल्ला रहने छैन् ।प्रशासनले सुचना जारीगरि बिहान दुध, तरकारी लगायतका अत्यावश्यक वस्तुहरु उपलब्ध हुने जनाएकोछ ।

२२वटा बस्तु गत संघसंगठनहरुले बिकल्पहिन लकडाउनको बिरोधगर्दै बजारमा बिरोध प्रदर्शन गरे ।बिरोध प्रदर्शनको क्रममा उनीहरुले पसल खोल्न पाउनु पर्ने माग गरेका थिए ।

रौतहट जिल्लामापनि बजारलाई नियमित रुपमा खोल्न प्रशासन लचिलो भएकोछ ।प्रशासनले दिन मिलाएर पसलहरु खोल्न सुचना जारी गरेकोछ ।रौतहट जिल्लामा प्रदेश २ मै सर्वाधिक कोरोना भाइरस पोजिटिव देखिएका छन् ।तर पीसीआर परीक्षणको दायरा नबढाइ सरकारले अनावश्यक रुपमा पसल बन्द गराएको आरोप लगाउँदै बिरोधमा उत्रने चेतावनी दिएपछि प्रशासनले लकडाउनलाई सहज बनाएकोछ ।

Comment


Related News

Latest News

Trending News