अपडेट 
२०७७ जेष्ठ २३, शुक्रबार ०८:३०

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् ।

वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका हुन् ।

सडकमा स्टिमेट अनुसार काम गर्न युवाहरुले आग्रह गरेपनि पुरानै माटोलाई सुम्याउने काम रोकिएको छैन् । नयाँ माटो हालेर ग्राभेल हाल्नुपर्नेमा पुरानो माटोमै ग्राभेल हाल्न लागिएको स्थानीय अरबिन्द यादवले बताए ।

अर्का युवक दिपक यादवले सडकमा माटोको काम नगरीकन ग्राइभल दिन खोज्दा आफूहरुले स्टिमेट माग गर्दा समेत दिइएको छैन् । स्टिमेट नदेखाएसम्म काम गर्न नदिइउने स्थानीयले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News