अपडेट 
२०७७ जेष्ठ २३, शुक्रबार ०९:२४

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ३ जना ब्यक्ति कोरोना संक्रमित देखिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६२ पुगेको छ ।

सप्तरीमा १३ जना, धनुषामा ६ जना, महोत्तरीमा ३ जना, सर्लाहीमा ३ जना, रौतहटमा ६५ जना, बारामा १२ र पर्सामा १ जना ब्यक्ति कोरोना संक्रमित देखिएका छन् ।

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाका ६ जना, हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना र शम्भुनाथ नगरपालिकामा १ जना संक्रमित देखिएका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिकामा ३० बर्षकी एक महिला सहित थप ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकामा १९ बर्ष देखि ३६ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको धनकौल गाउँपलिकामा १९ तथा ४० बर्षमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै रामनगर गाउँपालिकामा पनि २० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा ८ र ९ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ४५ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका ३४ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट जिल्लाकै गजुरा नगरपालिका उमेर नखुलेका २ जना तथा ६ बर्षिय र १२ बर्षिय वालक सहित अन्य ६ जनागरी कुल ८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । रौतहट जिल्लाकै गढीमाई नगरपालिकामा ३ जना पुरुष, बिसरामपुर गाउँपालिकामा १ जना पुरुष, र रौतहटकै गम्हिरिया हेल्थ पोष्ट तथा धोबिनियामा ६ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिकामा २ जना, कोहल्वी नगरपालिकामा १ जना, बीसराम्पुर गाउँपालिकामा १ जना र आदर्शकोतवाल गाउँपालिकामा ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पर्सा जिल्ला स्थित पोखरिया नगरपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशमा हालसम्म १ सय २२ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् । जिल्लागत रुपमा सप्तरीका १ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका १ जना, रौतहटका ३ जना, बाराका ९ जना, पर्साका ९६ जना र अन्य जिल्ला घर भई यस प्रदेशमा बसोबास गरिरहेका नागरिक तथा भारतीय नागरिकहरु गरी कुल ५ जना ब्यक्तिहरु उपचार पश्चात निको भएका हु्न् ।

Comment


Related News

Latest News

Trending News