अपडेट 
२०७७ जेष्ठ २५, आईतवार ०८:१२

काठमाण्डु । नेपालमा शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकोछ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३ सय २३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको हो । नयाँ संक्रमितमध्ये २ सय ८६ पुरुष र ३७ महिला छन् ।

नेपालमा हालसम्म ३ सय ६५ जनाले कोरोना जितेर घर फर्केको प्रवक्ता देवकोटाले जनाए ।निको भएर घर फर्कनेमा २ सय ९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएको उनले बताए । नेपालमा कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको डा.देवकोटाले जनाए ।

कोरोना भाइरस संक्रमितहरुको संख्या पछिल्लो ५ दिनको बिवरण अनुसार २ सयदेखि ३ सय माथि सम्म एकै दिनमा संक्रमितहरुको पुष्टि भएकोछ ।हाल सम्म कोरोना भाइरस संक्रमितको संख्या गत बिहिवार सर्वाधिक बढी ३ सय ३४ रहेको थियो ।

मन्त्रालयका अनुसार शनिवार ३ सय २३, शुक्रबार २ सय ७८, बिहीवार सर्वाधिक ३ सय ३४, बुधबार २ सय १ र मंगलबार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।


संक्रमित हुनेमा दैलेखका ४७, कपिलवस्तुका ३९, सल्यानका ३८, महोत्तरीका ३५, बर्दियाका २८,सर्लाहीका २७, बाँकेका १२, स्याङ्जाका १०, सुर्खेतका १०, धनुषाका ८, सप्तरीका ८, रौतहटका ६ , बझाङका ६, मोरङका ६, सुनसरीका ५, काठमाण्डुका ४, जाजरकोटका ४, रुपन्देहीका ३, नवलपरासीका ३, कास्कीका ३, कञ्चनपुरका २, कैलालीका २, नवलपरासीका २, बागलुङका १, अछामका १, डडेलधुराका १, डोल्पाका १ अर्खाखाँचीका १ र भक्तपुरका १ जना छन् ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार हाल सम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ११ र आरडीटी विधिबाट ५ हजार ५ सय ७० जनाको नमुना परीक्षण गरिएको छ ।
आरडीटी विधिबाट गरिने टेस्ट भरपर्दो मानिदैन् । पीसीआर टेस्टका लागि किटको अभाव र रिर्पोटमा समय लाग्ने भएकाले आरडीटी विधि टेस्टमा जोड दिन थालिएकोछ ।

प्रवक्ता डा. देवकोटाका अनुसार शनिवार दिउँसो सम्म १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् । अहिले आइसोलेसनमा २ हजार ८ सय ५७ जनाको उपचार भइराखेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News