अपडेट 
२०७७ जेष्ठ २६, सोमबार ०९:४४

जनकपुरधाम । भारतबाट आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग प्राप्त गरेको छ ।

नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ ।

नेपाल सहयोगी संस्था मलेसियाबाट आफ्नो सामाजलाई सहयोग भावले संस्था विगत कै दिन देखि सहयोग गर्दै आई रहेको छ । ‘हामीहरुको हात तपाईहरु साथ, सेवा नै धर्म हो’ भन्ने लक्ष्य राखेर विगतकै समय देखि दुःखी र पीडित परिवारलाई सहयोग गर्दै आईरहेको नेपाल समाज सहियोग संस्था मलेसियाका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिए ।

यसअघि शनिबार अमेरिकामा बसोबास गर्दै आएका भीम कार्की र शंकर पन्तले रु ३ लाख रकम पठाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News