अपडेट 
२०७७ जेष्ठ २६, सोमबार १६:२४

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ ।

यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना सङ्क्रमणले नभई कालगतिले भएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News