अपडेट 
२०७७ जेष्ठ २७, मंगलवार ०९:०६

जनकपुरधाम ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक बढिरहेकोछ ।तर पीसीआर टेस्ट सुस्त रहेकोछ ।सोमवार सम्म प्रदेश २ मा कुल २६ हजार ३ सय १२ जनाको स्वाब संकलन गरिएकोछ ।त्यस मध्ये १२ हजार ३ सय ८० स्वाबको रिर्पोट आउन बाँकी छ ।

समयमै पीसीआर टेस्ट नहुँदा संक्रमितहरुको संख्या हरेक दिन बढन थालेको छ ।क्वारेन्टाइनहरुको संख्या थपिएपनि अवस्था अस्तव्यस्त बन्दै गएकोछ ।पीसीआर टेस्टको सुविधा नभएपछि पालिकाहरुले आरडीटी विधिबाट टेस्टगर्दै क्वारेन्टाइनमा रहेकाहरुलाई घर फर्काउन थालेका छन् ।

प्रदेश २ मा हाल गजेन्द्र सिंह अस्पताल राजविराज, प्रादेशिक जनस्वाथ्य प्रयोगशाला जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जमा पीसीआर मेसिनबाट टेस्ट भइरहेकोछ ।तर जनकपुरधामको नतिजाले प्रदेश सभामा हंगामा मच्चेकोछ ।प्रादेशिक प्रयोगशालाले दिएको पीसीआर रिर्पोटमा आर्थिक मामिला तथा योजना राज्यमन्त्रीकी स्वकिय महिला सचिवको निगेटिव उल्लेखछ ।तर राष्ट्रिय प्रयोगशालाबाट आएको त्यै व्यक्तिको रिर्पोट पोजिटिव देखिएकोछ ।

प्रादेशिक प्रयोगशालाको रिर्पोट प्रारम्भिक चरणमै अविश्वसनिय देखिएकोछ ।तर प्रदेश सरकारले थप ४ वटा पीसीआर मेसिन र ५० हजार भीटीएम किट खरिद गर्ने तयारी गरेकोछ ।

कोरोना भाइरस रोकथाम निर्देशन समितिका संयोजक समेत रहेको मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमवार साँझ बसेको समितिको बैठकले समाजिक विकास मन्त्रालयलाई पीसीआर मेसिन, किट र आवश्यक अन्य सामग्रीहरु खरिद गर्न भनेकोछ ।

समाजिक विकास मन्त्रालयका अनुसार हाल खरिद गर्न लागिएको पीसीआर मेसिनहरु मध्ये नारायणी, जनकपुर र राजविराजमा १÷१वटा थपिनेछ ।हाल सम्म प्रदेशमा सबै भन्दा बढी कोरोना भाइरस संक्रमित रहेको रौतहट जिल्लाको गौर अस्पतालमा एउटा पीसीआर मेसिन जडान गरिनेछ ।

प्रदेशमा भइरहेको परीक्षणलाई विश्वसनिय बनाउनपनि सरकार गंभीर हुनुपर्छ ।राज्यमन्त्रीकी स्वकिय सचिवकै रिर्पोट गलत देखिएकोछ ।

Comment


Related News

Latest News

Trending News