अपडेट 
२०७७ जेष्ठ २७, मंगलवार २१:५५

महोत्तरी : भारतको दिल्लीमा लक डाउनको समयमा काम नपाएर पैसा अभावमा भोक भोकै बस्नु पर्दा मृत्यु भएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसराम १६ वर्षीय रोस्तम अन्सारीको परिवारलाई थर्ड एलायन्स महोत्तरीले राहत सहयोग गरेको छ ।

थर्ड एलायन्सका महोत्तरी इन्चार्ज अर्जुन साहले अन्सारीका परिवारको अवस्था बारे सोमवार घर मै पुगेर वस्तु स्थिती बुझेर आज १० हजार बराबरको खाद्यन्न सहितको सामग्री राहत स्वरुप उपलब्ध गराएका हुन् ।

रोस्तम अन्सारी तीन वर्षदेखि दिल्लीको एक कारखानामा सिलाई कटाइको काम गर्दै आएका थिए । लकडाउनको समयमा कारखाना बन्द भएपछि बेखर्ची भएका रोस्तमलाई खानपीन मै समस्या भएर भोक भोकै दिन काट्नु पर्ने भएपछि बिरामी भए । विरामी भएपछि त्यहि साथीहरुले एक अस्पतालमा भर्ना गराए तर रोस्त्म बाच्न सकेन । उनको ३१ मई बिहान ९:४५ मा मृत्यु भयो । मृत्यु पश्चात जसोतसो गरी लासलाई गाउँ लैजान साथीहरु प्रयास गरेर सुरसन्ड सम्म ल्याए पनि लकडाउन र सिमानाका बन्द रहेको हुनाले भारतीय सुरक्षागार्डले नेपाल आउन दिएन । अन्त्यमा लासलाई भारत कै सुरसण्डमा अन्तिम संस्कार गरियो ।

रोसतमको परिवारमा एक सानो भाइ र बिधवा आमा छ्न् । बुवाको १२ बर्ष अघि नै दुर्घटनामा मृत्यु भएको थियो ।

छोराको मृत्यु पश्चात आमा मन्जुन खातुन दु:खले मर्माहत बनेका छ्न् । घरको मात्र एक सहारा रोस्तम अन्सारी थिए ।

अहिले उनको परिवार भोकभोकै बस्न बाध्य भएपछि वडा बाट केही राह्त उपलब्ध भएता पनि त्यो कति दिन पुग्छ र ? स्थानिय महबुब अन्सारीले बताए ।

रोस्तमको आमा बिरामी पनि छिन् । लकडाउनको समयमा केही काम गर्न नसकिने अबस्था रहेकोले आर्थिक सहायताको महसुस गरी थर्ड एलान्सले परिवारको अवस्था बारे अनुगमन गरेर राहत सहयोग गरेको इन्चार्ज साहले बताए ।

Comment


Related News

Latest News

Trending News