अपडेट 
२०७७ जेष्ठ २८, बुधबार ०८:४१

अनिल तिवारी
वीरगञ्ज ।
उद्योग, व्यवसायमा छापामार्ने राजस्व अनुसन्धान कार्यालय पथलैयामा मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकोछ ।

राजस्व अनुसन्धानले नेपाल भित्रिएको ७२ हजार किलो चिनी ३ महिना पछि खान योग्य रहेको प्रमाणितगर्दै छाड्ने तयारी गरेको थियो ।राजस्व अनुसन्धानले चिनी छाड्न मोटो रकमको चलखेल भएको सुराक पाएको अख्तियारले छापा मारेको बताइएकोछ ।

अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले गत फागुन २५ भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनीलाई जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले खान अयोग्य भन्दा पनि नेपाल भित्र्याइएको थियो । खाद्य तथा गुण नियन्त्रण विभागले पुन परीक्षण गरेर नेपाल सरकारको मापदण्डअनुसार खान योग्य रहेको भनि प्रमाणित गरेको बिषय शंकाष्पद देखिएपछि अख्तियारले राजस्ब अनुसन्धान कार्यालयमा छापा मारेको हो ।

राजस्व अनुसन्धान कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासनसहितको ठुलो समुह चिनी छुटाउन सकृय भएको थियो । ठूलो रकमको चलखेलमा ती समुहले तस्करलाई फाइदा पुग्नेगरी मुद्दा टुंगाउन खोजिएको सुइको पाएको अख्तियारले राजस्व अनुसन्धानमा छापामारेर आवश्यक कागजातहरु नियन्त्रणमा लिएकोछ ।

यसअघि आफ्नै मातहतको कार्यालय जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षण प्रतिवेदनले सो चिनी म्याद गुज्रिएको र फरक फरक मिती भएकोले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो। ।

गुण नियन्त्रण विभाग बबरमहलले आयातकर्तासँगको मिलेमतोमा पुनःपरीक्षण गरी खानयोग्य भनी प्रमाणितगरे पछि म्याद गुज्रिएको ७२ हजार किलो चिनी छोडने तयारी भएको थियो । राजस्ब अनुसन्धान कार्यालयमा ३ बटा ट्रकमा लोड भएको चिनी नापतौलका कर्मचारी , राजस्बका कर्मचारीको उपस्थितीमा अख्तियारले गोदाममै शिल गरी कागज पत्र नियन्त्रणमा लिएको स्रोतले जनाएकोछ ।

फागुन २५ गते प्रयोगशालामा विश्लेषण गरेको पारामिटरको आधारमा प्राप्त नमुना आयात गर्न योग्य नदेखिएको तथा उपयुक्त नमुनाको उपभोग्य मिति समाप्त भइसकेको खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले भन्सारलाई पत्राचार गरेको देखिन्छ ।खाद्य प्रमाणीकरण कार्यालयले जलेश्बर भन्सारलाई पत्र पठाए पनि तत्कालीन प्रमुख केशवकुमार भण्डारी र कर्मचारीकै मिलेमतोमा सो चिनी नेपाल भित्रिए लगतै ३ बटा ट्रकमा लोड चिनी पथलैया राजस्बले नियन्त्रणमा लिएको थियो ।

छापामारीमा आएका अख्तियार अनुसन्धान आयोगका सुचना अधिकारी शिब राज रेग्मीले महोतरी भन्सारमा अख्तियारको कार्यालय बर्दिबासले अनुसन्धान गरिरहेको र पथलैयामा थप प्रमाणको लागी टोली र अन्य जानकारी अनुसन्धान पछि थाहा हुने बताए ।

Comment


Related News

Latest News

Trending News