अपडेट 
२०७७ जेष्ठ २८, बुधबार १०:१२

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५४ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमित देखिनेमा ५ जना महिला र ४९ जना पुरुष छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ७७ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरी जिल्लामा १३ जना, धनुषा जिल्लामा २१ जना, महोत्तरी जिल्लामा १९ जना र १ सर्लाही जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।

सप्तरीको राजविराज नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना र कञ्चनरुप नगरपालिकाको क्वारेन्टाईनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिको क्वारेन्टाईनमा रहेका १५ जना, एकडारा गाँउपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको कौडेना गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय एक जना पुरुषमा कोरोना संक्रमित देखिएका छन् ।

क्रमण प्रमाणित भएका १ सय जनाको सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसनमा, सिराहाको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा २६ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । सिराहाकै सिराहा नगरपालिकास्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा २ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ३१ जना कोरोना संक्रमित पुरुष हरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा ३ जना महिला र ८५ जना पुरुषगरी कुल ८८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषहरु गरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला गौर नगरपालिका स्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा २ महिला र १४ पुरुषगरी कुल १६ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७० पुरुष र ४ महिलागरी कुल ७४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला २८ जना पुरुषगरी कुल ३१ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News