अपडेट 
२०७७ जेष्ठ २९, बिहीबार ०८:१८

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ९६ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएकोछ । समाजिक विकास मन्त्रालयले बुधवार जनाए अनुसार सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना ब्यक्ति संक्रमित देखिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या १ हजार ५ सय ७३ पुगेको छ ।

सिराहाको सिराहा नगरपालिका स्थित सत्य नारायण सूर्य नारायाण मरबैता यादव क्याम्पसको क्वारेन्टाइनमा रहेका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र सुखीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण देखापरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका ६ जना महिला र २५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टाईनमा रहेका १३ जना पुरुष संक्रमित देखिएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १० जना, कविलासी गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ५ जना, चन्द्रनगरगाउँपालिकाको स्थानीय क्वारेन्टाईनमा रहेका १० जना, कौडेना गाउँपालिकाकाृे स्थानीय क्वारेन्टाईनमा रहेका २ जना र हरिवन नगरपालिकामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहटको घिउरा, गौर, राजपुर, टिकुलिया, र परोहा लगजायतका स्थानमा कुल ६८ जनामा कोरोना संक्रमित देखिएका छन् ।

संक्रमण प्रमाणित भएका सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९३ जना पुरुषगरी कुल १०० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहाको सिराहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ४२ जना पुरुषहरु गरी कुल ४२ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ३ जना महिला र ८५ जना पुरुषगरी कुल ८८ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ८ जना पुरुषहरु गरी कुल ९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहटको चपुर अस्पतालमा २ जना महिला र २८ जना पुरुष गरी ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला गौर नगरपालिका स्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा २ महिला र १४ पुरुषगरी कुल १६ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा ७० पुरुष र ४ महिलागरी कुल ७४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला २२ जना पुरुषगरी कुल २५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३२ जना पुरुष र ७ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

२९९ जना निको भएर घर फर्के

पछिल्लो चौबीस घण्टामा प्रदेशका ३६ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।यो समेत कोरोना जितेर घर फर्केनेहरुको संख्या प्रदेश २ मा २ सय ९९ पुगेकोछ ।प्रदेशमा कोरोना भाइरसको संक्रमण क्वारेन्टाइनहरुबाट बढेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News