अपडेट 
२०७७ जेष्ठ २९, बिहीबार ०८:३३

बृजमान तामाङ
बिरेन्द्र बजार
। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाको वडा नम्बर ३ का कार्यालयमा बुधबार तालाबन्दी गरेको छ ।

वडा अध्यक्ष शत्रुधन प्रसाद चौधरीले मनोमानी गरेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

गणेश चौधरी नेतृत्वमा सयौंको संख्यामा गएको स्थानीयबासीले कर्मचारीहरुलाई बाहिरा निकालेर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा अध्यक्ष चौधरीले अपारदर्शी रुपमा उपभोक्ता समिती गठन गरि बजेट दुरुपयोग गर्न खोजेको स्थानीयबासीको आरोप छ ।

वडा अध्यक्षले कमिसनको चलखेलमा आफ्ना आसेपासे र नजिककालाई राखी गोप्य रुपमा उपभोक्ता समिती गठन गरेको स्थानीयले बताएका छ्न।

वडा अध्यक्षको गलत क्रियाकलाप र अनियमितता रोक्न वडा अध्यक्ष र नगरप्रमुख योगेन्द्र प्रसाद चौधरीलाई पटक(पटक ज्ञापान पत्र बुझाउदा समेत सुनाई नभएपछि ताला लगाउन बाध्य भएको स्थानीय गणेश चौधरीले बताए । एकसाता अगाडी नगरप्रमुख चौधरीलाई माँग पूरा नभए तालाबन्दी गर्ने चेतावनी सहितको ज्ञापनपत्र स्थानीयले बुझाएका थिए ।

उनिहरुले बाटो तथा नाला निर्माण उपभोक्ता समिती पारदर्शि रुपले गठन गर्नु पर्ने , गोप्य रुपमा गठन भएका समितिहरुलाई खारेज गर्नु पर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा बेरोजगारी युवाहरूलाई प्राथमिकता दिनुपर्ने लगायतका माँग राखेका छ्न ।

Comment


Related News

Latest News

Trending News