अपडेट 
२०७७ जेष्ठ २९, बिहीबार ०८:४०

जनकपुरधाम । प्रदेश २ की सांसद सीता गुरुङ्गले प्रदेश ३ ले आफ्नो भूमी अतिक्रमण गरेको बताएकी छन् । भूमी अतिक्रमण गरेपछि धेरै दुःख लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद गुरुङ्गले बताइन् ।

प्रदेशको नीति तथा कार्यक्रम उपर बुधबार जारी छलफलमा बोल्दै सांसद गुरुङ्गले चुरियामाई मन्दिर प्रदेश २ को भएपनि प्रदेश ३ ले अतिक्रमण गरेर ठूलो गेट बनाएको बताइन् । ‘चुरियामाई मन्दिर प्रदेश २ को भूमीको हो, तर त्यसलाई प्रदेश ३ सरकारले अतिक्रमण गरेका छन, हाम्रो सरकार चुपचाप छ ।”

प्रदेश ३ ले प्रदेश २ को भूमीमै आफ्ना सुरक्षाकर्मी राखेर प्रदेश २ का बासिन्दालाई छिर्न नदिएको उनले बताइन् । ‘यताबाट उता जान चाहनेलाई छिर्न दिइरहेकै छैन, उताबाट खुरु खुरु मान्छे छिराइरहेका छन्’ सांसद गुरुङ्गले भनिन्, “हाम्रो सरकार यसतर्फ मौन किन ?”

Comment


Related News

Latest News

Trending News