अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार ०८:१६

जनकपुरधाम ।प्रदेश २ को नीति तथा कार्यक्रम विहिवार पास हुन सकेन् ।सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)का सभासदहरु भन्दा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र विपक्षी नेपाली काँग्रेसका सभासदहरुको उपस्थिति बढी रहेकाले निर्धारित कार्यसुची अनुसार नीति तथा कार्यक्रम पारित हुन सकेन् ।

प्रदेश सभाको बैठकमा बुधवारदेखि नै नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो ।विहिवार नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।तर सदनमा विपक्षी सभासदहरुको उपस्थिति सत्तापक्षको भन्दा बलियो देखिएपछि निर्णायार्थ प्रस्तुत गरिएन् ।

प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार प्रदेश सभाको अर्को बैठक शनिवार बस्नेछ ।सरकारको नीति तथा कार्यक्रममा भाग लिने आधा दर्जन सभासदहरु बाँकी रहेकाले बैठक सारिएको उनले बताए ।साँझ ६ बजे सम्म बैठक सञ्चालन भएपनि छलफलमा भाग लिन नाम लेखाएका सभासदहरु बाँकी नै रहेकाले निर्णायार्थ प्रस्तुत हुन नसकेको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागि सत्तारुढ राजपाकी सभासद डा.रिना यादवले असन्तुष्टि प्रकट गरिन् ।उनले सभासदहरुको सम्मानको ख्याल समेत नगरि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै सार्थक छलफल हुनुपर्ने र आवश्यकता अनुसार संशोधन हुनुपर्ने धारणा व्यक्त गरिन् ।

समाजवादी पार्टीकी संघीय सांसद सरिता गिरिको आवासमा बुधवार गरिएको तोडफोड लगायत हुलहुज्जतको बिरोधगर्दै उनले सदनमा असहमति राख्दा आक्रमणमा पर्नु दुखद भएको बताइन् ।घटनामा संलग्नहरुलाई तत्काल पक्राउगरि कार्वाही गर्न उनले माग गरिन् ।

सांसद गिरिको समर्थनमा सिंगो प्रदेश सभा रहेको बताएपछि सहभागिहरुले हल्ला गरेका थिए ।

छलफलमा सहभागि प्रमुख प्रतिपक्षी दलका सभासद किसोरी साहले नीति तथा कार्यक्रमले प्रदेशको विकास हुन नसक्ने बताए ।

सरकारको नीति तथा कार्यक्रममा भाग लिने एकजना सभासदले चार दलित जातिका लागि प्रति महिना प्रति परिवार ५ हजार निर्वाहन भत्ता दिएको प्रसंग उल्लेखगर्दै हेप्ने शब्द प्रयोगगर्दा त्यसको बिरोध भएको थियो ।

नीति तथा कार्यक्रमले औद्योगिक करिडोरको विषयमा मौन रहेको जनाउँदै नेपाली काँग्रेसका सभासद ओमप्रकाश शर्माले बजेटमा नसमेटिए प्रदेश सरकारकालागि हानिकारक हुन सक्ने चेतावनी दिए ।

कर तिर्नेलाई नै उपेक्षा गरेपछि सरकारको आर्थिक अवस्था सुदृढ हुन नसक्ने जनाउँदै उनले बजेटमा औद्योगिक क्षेत्रलाई महत्वका साथ सुविधाहरु दिन माग गरे ।

सत्तारुढ दलका सभासदहरुलाई व्हिप लगाएर नीति तथा कार्यक्रम पारित गर्नु पर्ने अवस्था आएकोछ ।समाजवादी र राजपा एकिकृत भएर जनता समाजवादी पार्टी भइसकेपनि सरकारको गतिबिधिबाट सभासदहरु सन्तुष्ट देखिएका छैनन्

Comment


Related News

Latest News

Trending News