अपडेट 
२०७७ जेष्ठ ३०, शुक्रबार १५:२३

जनकपुरधाम । नबिल बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समयसान्धर्विक सेवा प्रदान गर्दै आएको छ । पृथक, समयानुकुल तथा प्रबिधिमैत्री सेवामा अग्रणी भूमिका खेलेको यस बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, बिधुतिय प्रणालीलाई प्रोत्साहन गद}{ ”Nabil Gen-N Account” संचालनमा ल्याएको छ ।

“Nabil Gen-N Account” ग्राहक महानुहरुको माँझ सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत खाता योजना लाएको छ । यसमा थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिंग, भाईबर बैंकिंग, online transactions र डेबिट कार्ड, क्रेडिट कार्ड, NTC/NCell 2GB data package निःशुल्क जारी गरिएको छ । समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने करपोरेट कम्यूनिकेशन युनिटका इन्चार्ज समन लामा थिङ्गले जानकारी दिए ।

”Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त रहेको इन्चार्ज थिङ्गले बताए ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

Comment


Related News

Latest News

Trending News