अपडेट 
२०७७ जेष्ठ ३२, आईतवार ०८:५१

जनकपुरधाम । गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी गर्ने जनाउँदै सो नभए पदबाट राजिनामा गर्ने मुख्यमन्त्री लालबाबु राउतले प्रतिबद्धता जनाएका छन्

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पास हुन नदिन सकृय रहेका सभासदहरुलाई फकाउन मुख्यमन्त्री राउतले राजिनामा दिने विश्वासको अन्तिम अस्त्र प्रयोग गरेका छन् ।

गत बुधवार नै पारित हुने कार्यसुचीमा रहेको सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका कयौं सांसदहरु अनुपस्थित रहदै आएका थिए ।

असन्तुष्ट सभासदहरुलाई फकाउन शनिवार गरेको फोनमा राजिनामा दिने प्रतिबद्धता जनाएपछि आइतवार नीति तथा कार्यक्रम पारित गर्न सभासदहरु सहमत भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्षको भन्दा ६ अर्ब कम रुपैयाको बजेट ल्याउन लागेको बेला मुख्यमन्त्री राउतले समानुपातिक र प्रत्यक्ष सभासदहरुले पाउँदै आएको सुविधामा कुनै कटौती नगरिने बताएका छन् ।

‘बक्यौता भुक्तानी गर्ने र संसदीय क्षेत्र विकास कोषको रकम कटौती नहुने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएका छन्’ सत्तारुढ दलकी असन्तुष्ट सभासद डा.रिनामा यादवले भनिन् ,मुख्यमन्त्रीको वचनको मान राख्न हामी नीति तथा कार्यक्रम पारित गर्न सहमत भएका छौ ।

Comment


Related News

Latest News

Trending News