अपडेट 
२०७७ जेष्ठ ३२, आईतवार ०९:५६

सम्पादकीय : सर्लाही जिल्लाको पर्सा गाउँपालिकाको वडा नम्बर ३ नारायणपुर र भारत बिहार राज्यको सीतामढी जिल्ला सोनवर्षा थाना अन्तरगतको जानकी नगरसित जोडिएको सीमामा तैनाथ सशस्त्र सीमा सुरक्षा बल (बीओपी)मा तैनाथ सशस्त्र प्रहरी बलले गोली चलाउदा एकजना भारतीय नागरिकको मृत्यु भएको र अन्य दुई जना गोली लागेर घाइते भएकाछन् ।

उनीहरुको उपचार भारतको सीतामढीमा भइरहेकोछ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी र सशस्त्रका एसपीका अनुसार भारतीय नागरिकहरुले बीओपीमाथि आक्रमणगरि एक थान हतियार खोसेका थिए ।त्यो हतियार फिर्ता लिन सशस्त्र प्रहरी बलले १५ राउण्ड गोली चलाउनु परेको थियो ।सीतामढीका एसपी अनिल कुमारले नेपाली भूमीमा भारतीय जानकी नगरका स्थानीय बासिन्दाहरु र नेपाली सुरक्षाकर्मीबीच झडप भएको बताएका छन् ।

नारायणपुर र जानकी नगरबीचको सीमा जोडिएकाले दुवै देशका नागरिकहरु निर्वाध रुपमा आउजाउ गरिरहेका थिए ।लकडाउन भएपछि दुवै देशका मानिसहरुको आउनेजाने काम पूर्ण रुपमा बन्द भएकोछ ।सीमा बन्द भएपनि दुवै देशका बासिन्दाबीचको रोटीबेटीको सम्बन्ध अटुट छ ।स्थानीय बासिन्दाहरुका अनुसार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका बस्ने एकजना महिला भारतको जानकी नगरमा रहेकी छोरीलाई भेंटन सीमामा पुगेकी थिइन् ।

सीमामा गएपछि प्रहरीले उनलाई भारत तर्फ जान रोके ।त्यसपछि जानकी नगरमा रहेका छोरी, ज्वाई, ज्वाईका भाई, सम्धी र नातिनी समेत सीमामा नै भेंटन आएका थिए ।दुवै पक्षका केहि मानिसहरु सीमामा रहेको एउटा रुखमुनी बसेर भलाकुसारी गरिरहेका थिए ।त्यसपछि महोत्तरी जिल्लाकी महिलालाई प्रहरीले अपशब्द प्रयोगगर्दै समान्य कुटपिटपनि गरेको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् ।त्यसपछि जानकी नगरका लगन राय लगायतले भारतीय मानिसहरुलाई विरोध गर्न एकत्रित गरेको बताइएकोछ ।घटनाको छानविन दुवै तर्फका अधिकारीहरु्रले गरिरहेका छन् ।तर सीमावर्ती क्षेत्रमा अनावश्यकको तनाव बढेकोछ ।

दुवै देशका नागरिकहरुबीचको मधुर सम्बन्धलाई बिगार्ने काम सीमामा तैनाथ सुरक्षाकर्मीहरुले गर्नु हुँदैन् ।भौगोलिक सीमा दुवै देशका लागि अत्यन्त महत्वपूर्ण भएपनि दुवै देशबीचको धार्मिक, सांस्कृतिक, भाषिक, समाजिक लगायतका सम्बन्धपनि कम्ति महत्वपूर्ण छैन् ।सीमामा सुरक्षाकर्मीहरुको कारण सम्बन्ध बिर्गन नसकेपनि तनाव हुन सक्छ ।नेपाली सुरक्षाकर्मीले लकडाउनको बखत भारतीय नागरिकलाई नेपालमा अवैध रुपमा छिर्न दिनु हुँदैन् ।

भारतीय अधिकारीहरुलेपनि नेपाली नागरिकको प्रवेशमा पूर्ण रोक लगाएका छन् ।लकडाउन कडा रहेको बेला दुवै देशले नाकामा आउजाउ पूर्णरुपमा बन्द गरेपनि पछि सहमतिमा दुवै देशका नागरिक सहज रुपमा आ–आफ्ना मुलुक फर्के ।अहिलेपनि त्यो क्रम रोकिएको छैन् ।तर सर्लाही जिल्लामा भएको घटनाको स्वतन्त्र छानविन आवश्यकछ ।दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन सीमा क्षेत्रका बासिन्दाहरुको भूमिका अत्यन्त महत्वपूर्णछ ।सर्लाहीमा भएको घटना दोहरिन दिनु हुँदैन् ।संवाद र अधिकारी स्तरबाट समस्या समाधान गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News