अपडेट 
२०७७ असार २, मंगलवार ०८:५१

जनकपुरधाम ।कोरोना भाइरस संक्रमितको संख्या प्रदेश २ मा सोमवार दिउँसो सम्म २ हजार नाघेकोछ ।प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार ३२ हजार ८ सय ५५ स्वाब संकलन गरिएकोमा १३ हजार २ सय २५ को नतिजा आउन बाँकी रहेकोछ ।

मन्त्रालयका अनुसार हाल सम्म २ हजार १ सय ८२ जना संक्रमित पुष्टि भएका छन् ।ती मध्ये ४ सय ७८ जना कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केका छन् ।२ जनाको संक्रमणबाट मृत्यु भएकोछ ।

मन्त्रालयका अनुसार सर्वाधिक संक्रमित रौतहटमा ८ सय ४२, सर्लाहीमा ५ सय ११, महोत्तरीमा २ सय १८, धनुषामा १ सय ६४, पर्सामा १ सय ५१, सप्तरीमा १सय २९, बारामा ९६ र सिरहामा ६८ जना रहेका छन् ।

आइसोलेशनमा ९ सय १५ र क्वारेन्टाइनमा १५ हजार ५ सय ८१ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News