अपडेट 
२०७७ असार ३, बुधबार ०९:४६

राकेश यादव
गौर।
रौतहट जिल्लामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । भारतको विभिन्न ठाउमा रोजगारी ,मजदूरी गर्ने गएका नेपाली नागरिक विश्वभरीमा महामारीको रुपमा कोभीड़ १९ को संक्रमण फैलिए पछि चोर बाटो भएर नेपाल छिरेकाहरु बढ़ी संक्रमित हुन थाले पछि रौतहट देश भरीमा अहिले दोस्रो स्थान हासिल गर्न सफल भएका छन ।

नेपाल सरकारले संक्रमण नियंत्रण गर्नका लागि घोषणा गरेको बन्दा बन्दीको अवस्थामा भारतबाट नेपाल आएकाहरुलाइ स्थानीय तहले निर्माण गरेको क्वरेन्टीनमा राखिएको थियो । पोजेटिव भेटिनेहरु क्वरेन्टीन भित्र बसेको मात्र रहेको छ । भारतको सिमाना संग टाँसिएको स्थानीय तह ईशनाथ नगरपालिका ,राजपुर नगरपालिका र परोहा नगरपालिकाको कारण रौतहट मुलुकमा कोरोना पोजेटिवको क्षेत्रमा छूटै पहिचान स्थापना गरेको हो ।

विभिन्न कालखण्डमा भएको ऐतिहासिक आन्दोलनहरुमा राजनितिक इतिहास बनाएका रौतहट महामारीमा पनि आफ्नो पहिचान बनाउन सफलता हासिल गरेको छ । तीन दिन देखिको पीसीआर पोजेटिव रिपोर्टले संक्रमितको संख्या ९ सय भन्दा माथि कटेको छ १ अझ २ हजार ३ सय ३६ जनाको रिपोर्ट आऊंन बाकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्लिम समुदायको सवै भन्दा बढ़ी बसोवास रहेको रुपमा परिचित रौतहट निर्वाचन क्षेत्र नम्बर २ कोभीड़ १९ को संक्रमणको सवालमा जिल्ला मै नम्बर एक स्थानमा रहेको छ । जेष्ठ ३२ गतेमा ७६ , आषाढ़ १ मा ९८ र आषाढ़ २ गतेमा आएको ५२ जनाको पोजेटिव रिपोर्टले संक्रमितको संख्या ९२१ पुगेको हो । तीन स्थानीय तहमा राजपुर नगरपालिका पहिलो , ईशनाथ नगरपालिका दोस्रो र परोहा नगरपालिका तेस्रो रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राजपुरमा २४७ , ईशनाथमा २२१ र परोहामा ११५ संक्रमितको संख्या रहेको छ । संक्रमित हुनेमा सवै भन्दा बढ़ी मुस्लिम समुदायका व्यक्ति रहेको छ । भारतको दिल्ली ,मुंबई ,कलकत्ता , गुजरात ,सूरत लगायतका ठाउबाट घर फर्केकाहरु देखिएका छन ।

स्थानीयमा परिक्षण नभएकोले अहिले सम्म संक्रमण आयत देखिएको छ । नेपाल सरकार र प्रदेश सरकारलाइ परिक्षणको दायरा बढाउन स्थानीय सरकारले पटक पटक आग्रह गर्दा पनि सरकारले तदरूकता नदेखेको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले गुनासो गर्नु भएको छ । पीसीआर मशीनको आपुगताले रिपोर्ट आऊंन ढिलाई भएको उहाको भनाइ रहेको छ ।

नगरप्रमुख वकीलले भने सरकारले व्यवस्थापन गर्न सकिदैन र खरीद गर्न स्थानीय तहलाइ अनुमति नदिएकोले अन्यौलत छाएको हो । परिक्षणको लागि आर डी टी र भी टी एस स्थानीय तहले व्यवस्था गरी परिक्षण गर्दै आएको छ । नेपाल सरकारले २०० संक्रमित भएको जिल्ला मा बन्दा बन्दीमा ढिलाई गरिने गाइडलाइन जारी गरिको भए पनि रौतहटमा संक्रमित थपिदै जादामा पनि बन्दा बन्दी कड़ा बनाइएको छैन ।

संक्रमणको जोखिमम उच्च रहेको रौतहटमा लकडाउनको अवस्था भने सामान्य रहेकोले संक्रमण स्थानीय स्तरमा आऊंन सकिने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयले अति आवशयक बाहेकका पसल सञ्चालन गर्न नपाउने भनी निर्णय गरे पनि निर्णय कार्यान्वयन गराउन असफल भएको छ ।

Comment


Related News

Latest News

Trending News