अपडेट 
२०७७ असार ४, बिहीबार १२:२५

दिपु मिश्र
रौतहट
। रौतहटको चन्द्रपुर नगरपालिकाको आर्थीक बिकास समितिले नगरको दशै वटै वडामा रहेको पशु तथा कृषि सहकारी संस्थाका कृषक लाई फाईदा पुग्ने गरी उन्नत जातको बोका वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि चन्द्रपुर नगरपालिको बडा नम्बर ५ स्थित पशु सेवा कार्यालय बाट नगरको दश वटा वडाको संस्था लाई एक–एक वटा बोका बितरण गरिएको हो ।

नगरपालिकाको आर्थिक विकास समिति द्धारा पशु सेवा कार्यालय चन्द्रपुर शाखाको आर्थिक वर्ष २०७६÷७७ को ९० प्रतिशत बजेटबाट ८३ प्रतिशत बोयर जातको बोका बितरण गरिएको आर्थीक बिकास समितिका सदस्य संजय काफलेले बताए । उनका अनुसार बुधबार नगरपालिकाको ५ वटा वडामा रहेको संस्था लाई वितरण गरिएको बताउदै अन्य वडामा रहेको संस्थाका कृषक लाई फाईदा पुग्ने गरी बितरण गरिदै जाने बताए ।

बितरण गरिएको मध्ये वडा नम्बर ७ को सन्तपुर सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ४ को श्री दलित तथा जनजाति गरिवी निवारण पशु विकास कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ को धर्मानन्द कृषि विकास बाख्रा फर्म, वडा नम्बर ३ को श्री पुर्ण सहभागिता उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेड र वडा नम्बर १ को सुयाटोल कृषक समुहका संचालकहरुलाई बोका हस्तान्तरण गरिएको छ ।

पशु सेवा विकास शाखाको ९० प्रतिशत वजेट तथा कृषक संस्था प्रतिनिधीहरुको १० प्रतिशतको लागत सहभागितामा ४ लाख पचास हजारको बोयर जातको बोका वितरण गरिएको पशु सेवा शाखाका भेटनरी अधिकृत दुर्गा प्रसाद चिमोरीयाले जानकारी दिए । मासु उत्पादनको लागि बाख्राहरुमा नश्ल सुधार गर्न हरेक वडाको कृषि फर्ममा एक–एक वटा बोका बितरण गरेको पशुसेवा शाखाका प्रमुख खडक बहादुर मैनालीले बताए ।

सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा शाखाका प्रमुख तारा निरौला, चन्द्रपुर वडा नम्बर ४ का वडा अध्यक्ष अमर आले, संचारकर्मी लगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News