अपडेट 
२०७७ असार ४, बिहीबार २१:२२

काठमाण्डु । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६७१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न अस्पतालबाट गत २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म ११८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। जसमा महिला ११४ र पुरुष १०७२ छन्।

नेपालमा हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भइसकेको छ । साथै ६६४८ आइसोलेनसमा राखेर उपचार भइरहेको छ भने १,१६,२१५ जना क्वारेन्टिनमा राखिएका छन्।

Comment


Related News

Latest News

Trending News