अपडेट 
२०७७ असार ५, शुक्रबार ०९:२४

जनकपुरधाम । बिहीबार बस्ने भनिएको प्रदेश २ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

गत असार १ गते प्रदेशसभामा प्रस्तुत भएको बजेट उपर छलफलका लागि बिहीबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, उक्त बैठक बस्दै नबसी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

अब, शनिबार दिउँसो १ बजे बैठक बस्ने सचिवालयले जनाएको छ ।

गत असार १ गते प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो ।

चालूतर्फ रु १५ अर्ब ४२ करोड, २६ लाख, ९८ हजार र पूँजीगततर्फ रु १७ अर्ब, ९७ करोड, ८२ लाख, ९१ हजार तथा वित्तिय व्यवस्थातर्फ रु १६ करोड बजेटमा विनियोजन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News