अपडेट 
२०७७ असार ७, आईतवार ०९:००

सिरहा । सिरहा प्रहरीले मोटरसाइकल ग्यारेजमा राखिएको पुरानो मोटरसाइकलको डिकीभित्रबाट लागूऔषध बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।

सिरहा सदरमुकाम सिरहा १५ माडरस्थित विक्की कुमार कारकले संचालन गरेको मोटरसाइकल ग्यारेजमा राखिएको पुरानो मोटरसाइकलको डिक्कीबाट लागूऔषध बरामद गर्दै एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा पुगेको पू्रहरी टोलीले खानतलासी गर्दा पुरानो मोटरसाईकलको डिकी भित्री लुकाई छिपाई राखिएको डाईलेक्स डिसि १०० एमएलको ४४ बोतल, फेन्सेरलटिम १०० एमएलको ३ बोतल र रिप्लिन १०० एमएलको १३ बोतल गरी जम्मा ६० बोतल लागूऔषध बरामद भएको सिरहाका डिएसपी बिनोद घिमिरेले जानकारी दिए ।

लागूऔषध फेला परेपछि २१ बर्षीय कारकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News