अपडेट 
२०७७ असार ७, आईतवार १०:०६

जनकपुरधाम । सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आज जनकपुरधाम उपमहानगरपालिका गरीब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

बन्दाबन्दीका कारण उपमहानगरपालिकाका विभिन्न वडामा संकष्ट भोगिरहेका दीनहीन परिवारलाई सो समूहद्वारा खाद्यान्न वितरण गरिएको हो ।

समूहले संकटभोगी प्रति परिवारलाई १० किलो चामल , २ किलो दाल , १ लिटर तेल , सोयाबिन , नून , साबुन र सर्फ लगायतका सामग्री वितरण गरेको छ ।

सो अवसरमा अरूणा मिश्र , सुनिता मिश्र , भारती चौधरी , पुनम झा मैथिल , बिन्दु ठाकुर , नीतु झा , प्रेम विनिता , सरिता यादव , ज्योति झा , शारदा रेखा झा ,पुनम मिश्र, सीमा चौधरी , नीतु झा , नीना झा र शिल्पी मिश्र लगायतका अभियानीहरूले राहत वितरण कार्यमा सघाउ पु¥याउनु भएको थियो ।

समूहद्वारा संस्कार , भाषा ,कला , सामाजिक , सांस्कृतिक , उद्यमशीलताको विकासकासँगै परस्परमा आत्मीयताको परम्परालाई जीवन्त राख्नुका साथै ज्येष्ठप्रति सम्मानको वातावरण निर्माणका लागि सिर्जनात्मक र उत्प्रेरणामूलक गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

समूहका सदस्यहरूबाटै निर्माण गरिएका संस्कारिक र खाद्यान्न सामग्री , मिथिला कलाको बजारिकरण सन्दर्भमा मेला , उत्सवमा सहभागिता र प्रवद्र्धनमूखी कार्य गरी स्वावलम्बनतर्फ उन्मुख हुने वातावरण निर्माणमा क्रियाशील रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News