अपडेट 
२०७७ असार ७, आईतवार १०:३७

कोभिड–१९ को महामारी बाट जोगिन जनचेतना अभियान

रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा कोरोना भाईरसबाट पुर्णरुपले सतर्क गराउन जनचेतना अभियानको सुरुवात गरिएको छ ।
चन्द्रपुरका व्यापारी तथा उपभोक्ताहरु कोरोना भाईरस (कोभिड–१९) को मुख्य जोखिममा पर्ने भएको हुनाले नागरिक समाज चन्द्रपुर तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको संयुत पहलमा जनचेतना अभियानको सुरुवात गरिएको हो ।
रौतहटमा दिनप्रतिदिन कोरोनाको त्रास बढ्दै गएपछि सो अभियानको सुरुवात गर्नुपरेको नेपाली काग्रेसका नेता अजय कुमार साहले जानकारी दिएका छन् । उनले शनिबार देखि चन्द्रनिगापुरको मुख्य बजार बाट सुरु गरिएको सो अभियान निरन्तर गरिने बताएका छन् ।
व्यापारी तथा उपभोक्ताको हित तथा कोरोनाबाट बच्न बचाउन माक्स,सेनिटाईजर वितरण गदै चन्द्रनिगाहपुरको हरेक पसलमा पुगेर सर्तक रहन आग्रह गरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल जयसवालले जानकारी दिएका छन् ।
उनले,साबुन पानीले हात धोऔं,सामाजिक दुरी कायम गरी व्यापार गरौं,माक्स तथा सेनिटाईजरको प्रयोग गरी आफु पनि बचौं अरुलाई पनि बचाउ भन्दै हरेक पसलमा पुगेर सतर्कता अपनाउन आग्रह गरेको बताए ।
सो अभियानमा उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरे,समाजसेवी दिल बहादुर कोईराला,बिभु पोखरेल,नेबिसंघ रौतहटका नेता श्यामहरी चौंलागाई,भिमराज अधिकारी सुशिल लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News