अपडेट 
२०७७ असार ७, आईतवार २३:१५

जलेश्वर । बर्दिवासमा लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक गरिएका छन् ।शनिबार अबेर राति बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेका बेला पक्राउ परेका तीन जनालाई आज आज इलाका प्रहरी कार्यालय बर्दिवासले उनीहरुका साथबाट बरामद दुई किलोग्राम अफिम र एक मोटरसाइकलसहित सञ्चारकर्मीबीच सार्वजनिक गरेको हो ।

शनिबार राति अफिमको मोलमोलाई गरिरहेका बेला इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तामाङ र दुर्गाबहादुर तामाङ एवं सिरहाको सिरहा नगरपालिका–५ का धनपत यादव रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो । उनीहरुका साथबाट ना४०प ६१५७ नंको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको सुराकी र पिछा गर्दै गरेको प्रहरी टोलीले बर्दिवासमा यिनीहरुलाई फेला पारेको हो । पक्राउ परेका तीनै जनालाई दशीप्रमाणसहित जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक चापागाईले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News