अपडेट 
२०७७ असार ८, सोमबार १०:३९

जनकपुरधाम । धनुषामा एक व्यक्तिलाई ठक्कर दिएर चालक फरार भएपछि स्थानीयले टिपरमा तोड्फोड र आगजनी गरिएको छ ।

धनुषाधाम नगरपालिका ८ मा ना.८ख ८३९३ नम्बरको टिपरले स्थानीय दिनेश साहलाई ठक्कर दिएपछि स्थानीयले तोड्फोड गर्दै आगजनी गरेका हुन् ।

साइकलमा सबार ३० बर्षीय साहलाई ठक्कर दिए लगत्तै चालक भागेपछि आक्रोशित स्थानीयले आगजनी गरेका हुन् । आगजनीबाट टिपरको अगाडि भाग क्षतिग्रस्त भएको छ ।

घाइते साहको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News