अपडेट 
२०७७ असार ९, मंगलवार ०९:१५

जनकपुरधाम । अन्य देशबाट विवाह गरी आउने महिलालाई सात बर्षपछि नागरिकता दिने प्रावधान ल्याउन लागेको भन्दै जनता समाजवादी पार्टीका नेता÷कार्यकर्ताले सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको उनीहरुले बताएका छन् ।

स्थानीय भानु चोकमा जम्मा भएका जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

पु्त्ला जलाउनुअघि यस पार्टीका महिलाहरुले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीबिरुद्व नाराबाजी गरेका थिए ।

उनीहरुले ‘७ बर्षपछि दिइने अंगीकृत नागरिकता विधेयक खारेज गर, नेपाल–भारतबीचको रोटी–बेटी सम्बन्ध अमर रहून, प्रधानमन्त्री ओली मुर्दावाद’ सहितका नारा लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News