अपडेट 
२०७७ असार ९, मंगलवार १७:३५

काठमाण्डु ।आज मंगलबार मात्रै नेपालमा ५३८ जना संक्रमित थपिएका छन् । विस्तारै कम हुने आंकलन गरिएको कोरोना संक्रमण झन् झन् फैलिँदै गैरहेको छ । सरकारकै तथ्यांक अनुसार नेपाल पछिल्लो समय कोरोना संक्रमणको उच्च जोखिममा देखिएको छ ।

यससंगै नेपालमा हालसम्म संक्रमितको संख्या १० हजार ९९ पुगेको छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २२२४ पुगेको छ । नेपालमा २४ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमित थपिएको जानाएको हो ।

दिनहुँ सयौंको संख्यामा संक्रमित भेटिंदै गएपछि अवस्था चिन्ताजनक भएको विज्ञहरूले बताउने गरेका छन् ।

नेपालमा कोरोना संक्रमण अर्को चरणमा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ५ हजार सक्रिय संक्रमण भएको अवस्थालाई संक्रमणको तेश्रो चरण बताइएको छ ।

पछिल्ला केहिदिन नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।

हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या करिव ९२ लाख पुगेको छ भने करिव ४ लाख ७४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ५० लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Comment


Related News

Latest News

Trending News