अपडेट 
२०७७ असार १०, बुधबार ०८:२३

वीरगञ्ज ।प्रदेश २ को वीरगञ्ज स्थित संघीय सरकार मातहत रहेको नारायणी अस्पतालमा फेरी पीसीआर ल्याब बन्द भएकोछ ।किट अभावमा ३ दिनदेखि प्रयोगशाला बन्द हुँदा संकलित १ हजार २ सय स्वाब परीक्षणका लागि मंगलवार काठमाण्डु पठाइएकोछ ।

स्वास्थ्य मन्त्रालयले पठाएको पीसीआर किट काम नलागेकाले पीसीआर ल्याब आइतवार साँझदेखि नै बन्द रहेको अस्पतालका प्रमुख डा.मदन उपाध्याले बताए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको किट र पीसीआर मेसिनलाई चाहिने किटको अकारमा फरक भएकाले स्वाब परीक्षण रोकिएकोछ’डा.उपाध्यायले भने, संकलित स्वाब टेस्टका लागि काठमाण्डु पठाइएको छ ।मेसिनका लागि उपयुक्त किट ल्याउन एम्बुलेन्स काठमाण्डु पठाइएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले ‘सनस्योर बायोटेक’को ५ सय थान पीसीआर किट पठाएको थियो ।तर त्यो किट मेसिनम फिटपनि नभएको र त्यसले विश्वसनिय नतिजा समेत नदिएको डा.उपाध्यायले जनाए ।यस अघि प्रदेश २ को समाजिक विकास मन्त्रालयबाट प्राप्त किटले परीक्षण भइरहेको उनले बताए ।

‘सनस्योर बायोटेक’ पीसीआर किट नेपाली सेनाले खरिद गरेर ल्याएकोछ ।त्यो किट कामै नलाग्ने रहेको प्राविधिकहरुको ठहर छ ।वीरगञ्जमा किट अभावको कारण पीसीआर मेसिन बन्द भएपनि प्रादेशिक अस्पताल जनकपुरधाम र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा परीक्षण जारी रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख रामविनय साहले जनाए ।

‘सनस्योर बायोटेक’कम्पनीको पीसीआर किट भरतपुर, हेटौंडा, नेपालगन्ज र काठमाण्डुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत प्रयोगमा आउन सकेको छैन ’ डा.उपाध्यायले भने, विश्वसनिय नभएको किट प्रयोग गर्न नसकिएको कारण प्रयोगशाला बन्द भएको हो ।

किट अभावमा गत जेठ महिनामापनि २ दिन पीसीआर मेसिन बन्द भएको थियो ।मेसिन बन्द हुँदा रौतहट जिल्ला समेत प्रभावित हुने गरेकोछ ।

वीरगञ्जको नारायणी अस्पताल संघीय सरकार अन्तरगत भएपनि अधिकांश किट लगायत बजेट समेत प्रदेश सरकारले नै उपलब्ध गराउँदै आएकोछ ।प्रदेश २ मा देशमै सर्वाधिक कोरोना भाइरस संक्रमित रहेका छन् ।तर अझै बीसौ हजार मानिसको परीक्षण गर्न बाँकी नै छ ।

Comment


Related News

Latest News

Trending News