अपडेट 
२०७७ असार १०, बुधबार ०८:२८

सर्लाही । सर्लाही प्रहरीले ५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ३ बस्ने २६ बर्षीय किरण लामा छन् ।

हरिवनबाट नवलपुर तर्फ ना ६२ प ९७५९ नम्बरको मोटरसाइकलमा सबार लामालाई लालबन्दी नगरपालिका १ लखनदेही खोला नजिकै चेक गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि उनलाई गाँजा, मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको सर्लाही प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News