अपडेट 
२०७७ असार ११, बिहीबार ०९:००

सञ्जय कर्ण
जनपकुरधाम
। असहाय संरक्षण मंचले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने मो.कलिमलाई आर्थिक सहयोग गर्न आव्हान गरेका छन् ।

उपमहानगरपालिकाको शान्तिनगर निवासी मो.कलिमका ६ जना छोरी र एकजना सानो छोरा छन् ।उनकी पत्नी चिन्तले गलिसकेकी छन् ।कलामलाई हर्ट सम्बन्धी रोग छ ।उनलाई उपचार गराउन र परिवारलाई पाल्न समस्या भएकोछ ।

कलिमलाई मंचका अध्यक्ष बैद्यनाथ साहले निजीस्तरबाट सहयोग गरेका छन् ।उनको परिवारलाई पालनगर्न बिरामी कलामलाई समस्या भएकाले उपचारका लागि सहयोग गर्न साहले मनकारीहरुलाई आग्रह गरेका छन् ।

साहले बुधवार कलिमको घरमै पुगेर तत्काल राहत सामग्री उपलब्ध गराएका छन् ।‘हामीले तत्कालका लागि राहत सामग्री उपलब्ध गराएका छौ’ उनले भने, कलिमको उपचारका लागि थप सहयोगको आवश्यकता छ ।

राहत उपलब्ध गराउन शम्भु साह र प्रमोद साहले सहयोग गरेको मंचका अध्यक्ष साहले बताए ।

Comment


Related News

Latest News

Trending News