अपडेट 
२०७७ असार ११, बिहीबार ०९:४३

जनकपुरधाम ।लकडाउनको अवधीमा विद्यालय पूर्ण रुपमा बन्द रहेको अवस्थाको पनि कतिपय विद्यालयले शुल्क बुझाउन विद्यार्थी र अभिभावकमाथि दवाव बनाइरहेको बेला गुरुकुल आवासिय विद्यालयले त्यस्ता शुल्क नलिने निर्णय गरेकोछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति मण्डलको अध्यक्षतामा बुधवार बसेको बैठकले बन्दाबन्दी(लकडाउन) रहुञ्जेल सम्म शुल्क नलिने निर्णय गरेको संस्थापक प्रिन्सिपल रामनारायण प्रसाद मण्डलले जनाएका छन् ।

लकडाउनको बेला विद्यार्थी र अभिभावकहरु समेत कठिनाइमा रहेको र विद्यालयले समेत सेवा दिन नपाएका कारण त्यस अवधीको शुल्क लिन मुनासिब नभएकोले विद्यालयले शुल्क नउठाउने निर्णय गरेकोछ ।

विद्यालय ठप्प भएकाले विद्यार्थीहरुको पठनपाठन प्रभावित हुनु अस्वभाविक नभएको जनाउँदै प्रिन्सिपल मण्डलले परिस्थिति अनुकुल भए विद्यालयले विशेष कार्यक्रम ल्याउने बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News