अपडेट 
२०७७ असार ११, बिहीबार ११:५७

राजविराज ।चट्याङ लागेर सप्तरीका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ। सप्तरी प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइका अनुसार, चट्याङ लागेर तीन पुरुष र एक महिलाको मृत्यु भएको छ।

चट्याङबाट महदेवा गाउँपालिकामा दुई, राजगढ गाउँपालिकामा एक र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको छ। महदेवा–२ का ६० वर्षीया छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको छ। सप्तकोशी नदी किनारामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको छ। बिहानै खेत गएकी उनको चट्याङ लागेर मृत्यु भएको थियो।

गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याउनसाथ राजगढ गाउँपालिका–२ का ४६ वर्षीय केसी साहको मृत्यु भएको थियो।

Comment


Related News

Latest News

Trending News