अपडेट 
२०७७ असार ११, बिहीबार १५:३४

काठमाण्डु । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का २५औं संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत थिए ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार गत ८ असारमा आईसीयुमा भर्ना भएका संक्रमितको गएराति करिब १२ बजेतिर मृत्यु भएको हो ।

यसअघि वालिङका एक पुरुषको कोरोनाबाट मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News