अपडेट 
२०७७ असार ११, बिहीबार १७:१३

सप्तरी ।सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारहरुलाई एक/एक लाख रुपैयाँ दिने प्रदेश २ सरकारले घोषणा गरेको छ ।

प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मृतक परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै प्रदेश सरकारले मृतक परिवारलाई जनही एकरएक लाख रुँपैया राहत स्वरुप दिने निर्णय गरेको जानकारी दिए ।

आज विहान वर्षासँगै परेको चट्याङले डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको हो ।

तीन जनाको घटनास्थलमै तथा साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिलक भारतीले बताए । चट्याङ्ग लागेर दुई जना घाइते भएको र उनीहरुको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News